एमाले पोलिटब्युरो बैठक जारी « Khabarhub

एमाले पोलिटब्युरो बैठक जारी


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको पोलिटब्युरो बैठकमा भाग लिने सदस्यहरूले प्रस्तुत प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  । 
  
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए । उनका अनुसार हिजो बिहीबार पार्टीको सचिवालय बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल गरी पोलिटब्युरो बैठकले अनुमोदन गर्ने कार्यसूची छ ।

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो । 

आजको पोलिटब्युरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । रासस
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५३ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो