इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश१–०२–००२ख ०२४० नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश१–०२–०४३प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ३८ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो