काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके « Khabarhub

काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि अघि सारेको दस्तावेजविपरीत ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले तरंग फैलिएको छ ।

‌ओलीले सातौँ महाधिवेशन अघिबाट ल्याएको पार्टीको लोकतान्त्रिकरणको प्रस्तावविपरीत एकै व्यक्ति आजीवन पदमा रहने गरी विधान संशोधन अघि बढाउँदा त्यसको विरोधका स्वरहरू बढ्न थालेका छन् ।

बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रस्ताव र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

त्यसलाई लिएर शुक्रबारको पोलिटब्युरोमा विरोध र समर्थनका दुवै स्वर सुनिएका छन् । शुक्रबार स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितले विधान संशोधन प्रस्तावको विरोध गरे ।

शुक्रबारको बैठकमा सबैभन्दा अन्तिममा बोलेका थापाले ओली आफैंले अघि सारेको प्रस्तावविपरीत हिँडिरहेको बताए । शुक्रबार नेताहरू किरणकुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई र राजन भट्टराई बोलेपछि उनले अन्तिममा कुरा राखे।

त्यसअघि बोलेका स्थायी कमिटी सदस्य एवम् संगठ विभाग प्रमुख काशीनाथ अधिकारीले विधान मिच्ने काम भएको भन्दै आत्मआलोचना गर्न खोजेका थिए ।

उनले बैठकमा पार्टीको विधान मिच्ने काम आफूबाट पनि भएकाले आत्मालोचित हुन पाउनुपर्ने बताएका थिए । उनले अभ्यासका क्रममा विधान आफूबाट पनि मिचिने काम भएकोमा आत्मआलोचित हुन खोजेका थिए ।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अधिकारीलाई महासचिव शंकर पोखरेलले बीचमै रोकिदिए । महासचिव पोखरेलले उक्त विषय पोलिटब्युरोमा राख्न आवश्यक नरहेको भन्दै हस्तक्षेप गरिदिएका थिए । त्यहीकारण उनले पूरा धारणा राखेर आत्मआलोचित हुन पाएनन् ।

एकजना नेताका अनुसार पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले विधान संशोधनका विषयमा गलत भाष्य निर्माण गरेर अफवाह फैल्याउन खोजिको गुनासो पनि गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर