सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद | Khabarhub Khabarhub

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको सुखीपुर नगरपालिका-४ पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान गरिएको संयुक्त अपरेसनमा सात क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले ६० वर्षीय मेदी यादवको घरमा जाँच गर्ने क्रममा गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारेको हो । 

सुराकी सूचनाका आधारमा गरिएको अपरेसनमा प्रारम्भमा २६ पोका गाँजा बरामद भएकामा, खोजतलासका क्रममा थप एक पोका फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार गाँजा बरामद भए पनि घरधनी यादव भने घटनास्थलबाट फरार छन् । हाल निजको खोजी कार्य जारी रहेको बताउँदै बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रियाअघि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ । 
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ३८ बजे

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द

नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको