मेची भन्सारबाट १५ अर्ब ९३ करोड रुपैयाँ राजस्व असुली | Khabarhub Khabarhub

मेची भन्सारबाट १५ अर्ब ९३ करोड रुपैयाँ राजस्व असुली


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

यसअघि आव २०८०/८१ मा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९/८० मा रु १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए  ।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले रु एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आव २०८१/८२ मा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । भन्सारका सूचना अधिकारी हुमागाईँले लक्ष्यको तुलनामा ९१ दशमलव ८६ प्रतिशत प्रगति भएको बताए  ।

नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्रीलगायत वस्तु आयात हुने गरेको छ ।

त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिङ्कर, अदुवालगायत छन् । रासस
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ४३ बजे

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं– काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१-००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज

ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच

ललितपुर– ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार

गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

काठमाडौं– गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा  ‘नेपाल पशु चिकित्सा