ट्युनिसियाको वैधानिक कोठीभित्रको चित्कार ! | Khabarhub Khabarhub

ट्युनिसियाको वैधानिक कोठीभित्रको चित्कार !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ट्यूनिशियामा दशकौँदेखि वेश्यालयहरू सञ्चालित हुँदै आएको भए पनि अहिले दुई वटा वेश्यालय वैधानिक छन् ।

विगतमा कुनै वैधानिक त कुनै अवैधानिक गरी धेरै वेश्यालयहरु सञ्चालनमा थिए । तर महिला अधिकारकर्मी तथा धार्मिक कट्टरपन्थीहरूले त्यहाँ अधिकांश वेश्यालयहरू बन्द गराइदिएका छन्।

ट्यूनिशियाको एउटा वैधानिक वेश्यालयमा रहेका यौनकर्मीहरुले त्यहाँ आफूले भोगेका दर्दनाक पीडाबारे बोलेका छन् ।

वैधानिक वेश्यालयकी एक यौनकर्मी अमिराले भनिन्, ‘मेरा साथीहरु जो मभन्दा पहिले नै यहाँबाट गए, उनीरु या त सडकमा छन् या जेलमा छन् या मरिसके । अरब विश्वमा दशकौंदेखि ट्युनिसियामा अलि बेग्लै किसिमको छ । यहाँ अवैधानिक सँगसँगै वैधानिक र राज्य अनुगमित यौनकर्म गर्न पाइने ठाउँ छ । धार्मिक कट्टरपन्थी र महिलावादी वकिलहरु वैधानिक वेश्यालयमाथि प्रतिबन्ध चाहन्छन् ।’

उनले सन २०१० मा भएको आन्दोलनपछि यहाँका यौनकर्मीमाथि धरपकड भएको बताइन् । अतिवादीहरुको आक्रमणले धेरै वेश्यालयहरु बन्द भएका उनले बताइन् । उनले धेरैकुरा परिवर्तन भएको जनाउँदै पहिलो हामीजस्ताहरुको काम थियो र अवस्था पनि राम्रै रहेको जनाइन् ।

उनले भनिन्, ‘हामीले हाम्रा बच हुर्काउथ्यौं, घरभाडा तिथ्र्यौं, जीवन गुजारा गथ्र्यौं । तर अब त्यस्तो अवस्था रहेन ।’
अहिले त जम्मा दुई वटा वैधानिक ‘वेश्यालय क्षेत्र’ खुला छन् ।

ट्युनिसियाको नेशनल इन्स्टिच्युट अफ स्टयाटिस्टिक्सका अनुसार पुरुषको तुलनामा यहाँ महिला बेरोजगारी दोब्बर छ । त्यसैले पनि यहाँका महिलाहरु यस्तो कर्म गर्न बाध्य छन् ।

यौनकर्मीका एक ग्राहक एडेल भन्छन्– ‘वेश्यालयमा काम गर्ने महिलाको बेइज्जत हुन्छ, त्यो सत्य हो । तर त्यसका ग्राहकको कुनै बइज्जती हुँदैन ।’

उनले यहाँको समाजले पुरुषहरुलाई वेश्यालय प्रयोग गर्ने अधिकार भनेजस्तो ठान्ने बताए ।

एम्नेष्टी इन्टरनेशनलका अनुसार यौनकर्मीलाई हेर्ने नजर तथा विभेदले उनीहरुलाई हिंसा र शोषणको जोखिममा पारेको छ ।

एक यौनकर्मी नादिया भन्छिन्– ‘एक पटक एक ग्राहकले आफ्नो कर्म पूरा गरेपछि मलाई डाँका मार्‍यो, म माथि आक्रमण समेत गरेको थियो । मलाई घाइते बनायो, नाक भाँचिदियो । म अहिले सडकमा रातभरी भीख मागेर खान्छु ।’

त्यस्तै मनल नामकी अर्की एक पूर्व वैधानिक यौनकर्मी भन्छिन्– ‘ट्युनिसियाका वेश्यालयमा काम गरिरहेका बेला मेरी एक सहकर्मी मृत फेला परिन् ।

धेरै महिलाहरु मारिए । हामीले ती कोठाहरुबाट रगत बगेर बाहिर आएको मात्र देख्यौं । तर हामी कहाँ जानु ? हामीलाई समाजले तिरस्कार गर्छ ।’ बीबीसी बाट

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : २२ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा