जुवातास खेल्ने २६ जना पक्राउ « Khabarhub

जुवातास खेल्ने २६ जना पक्राउ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मासमेत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले  जनाएको छ । प्रहरी वृत्त कालिमाटीले उनीहरूको साथबाट नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास बरामद गरेको  छ ।

यसैगरी काठमाडौं-३१ भूपिशेरचन मार्ग बस्ने साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास फेला पारेको छ ।

यस्तै भरतपुर-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट-४ का मानबहादुर मगरसमेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूको साथबाट नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । चितवनकै भरतपुर -२ क्षेत्रपुरका पदमबहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सो विनोद मल्लसमेत ११ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : ३३ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण