चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा | Khabarhub Khabarhub

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको पश्चिमी तटस्थित आर्थिक क्षेत्रमा परिचालित चिनियाँ युद्धपोत नियन्त्रणमा लिइएको फिलिपिनी तटरक्षा बलले जनाएको छ ।

फिलिपिन्सको बीआरपी टेरेसा माग्बानुवा नामक युद्धपोतले टाइप ८१५जी विद्युतीय जासुसी युद्धपोत टियानवाङशिङ र त्यसलाई सहयोग गर्ने झाओजुन क्लास कटर ४२०३ लाई नियन्त्रणमा लिएको हो । यी जहाजलाई फिलिपिन्सबाट ७० नौटिकल माइल पश्चिममा नियन्त्रणमा लिइएको जनाइएको छ ।

फिलिपिन्सको तटरक्षा बलका कोमोडोर जे टेरिएलाले चिनियाँ नौसेना र चिनियाँ तटरक्षा बललाई फिलिपिनी सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले हाल टेरेसा माग्बानुवाले फिलिपिन्सको स्वामित्वमा रहेको समुद्री क्षेत्रको निगरानी गरिरहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ५० बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप