विराज भट्टको ‘साङलो’ को अफिसियल पोस्टर आउट « Khabarhub

विराज भट्टको ‘साङलो’ को अफिसियल पोस्टर आउट


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ को फस्ट लूक सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विराज भट्टलाई देख्न सकिन्छ ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइहरेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पनि जनाइएको छ । पहिलो फिल्म तिहारको अवसर पारेर कार्तिक १५ मा रिलिज गरिने भनिएको थियो ।

तेजबहादुर खड्काले लगानी गरेको यो फिल्ममा विराज भट्टको निर्देशन समेत रहनेछ । विराजले यो फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डकसँग रोमान्स गरेका छन् ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने मानकृष्ण महर्जनले खिचेका हुन् ।

‘साङ्लो’ मा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारले ‍समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ५८ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल