विराज भट्टको ‘साङलो’ को अफिसियल पोस्टर आउट « Khabarhub

विराज भट्टको ‘साङलो’ को अफिसियल पोस्टर आउट


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ को फस्ट लूक सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विराज भट्टलाई देख्न सकिन्छ ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइहरेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पनि जनाइएको छ । पहिलो फिल्म तिहारको अवसर पारेर कार्तिक १५ मा रिलिज गरिने भनिएको थियो ।

तेजबहादुर खड्काले लगानी गरेको यो फिल्ममा विराज भट्टको निर्देशन समेत रहनेछ । विराजले यो फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डकसँग रोमान्स गरेका छन् ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने मानकृष्ण महर्जनले खिचेका हुन् ।

‘साङ्लो’ मा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारले ‍समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ५८ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले