सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै | Khabarhub Khabarhub

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको छ । शनिबार अबेरसम्म सुवेदा क्षेत्रमा गोलाबारी र विष्फोटको चर्को आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि शनिबारको हिंसामा के–कति हताहती भयो भन्ने अझै स्पष्ट नभएको जनाइएको छ । सिरियाको दक्षिणमा पर्ने सुवेदा क्षेत्रमा अल्पसङ्ख्यक ड्रुज समुदायको बसोबास रहेको छ ।

सुवेदामा शान्ति कायम गर्न सुरक्षा फौज परिचालन गरिएको सिरिया सरकारले जनाएको छ । सरकारले हिंसामा सहभागी सबै पक्षलाई हतियार बिसाउन आग्रह पनि गरेको छ ।

झण्डै एक सातादेखि जारी हिंसाका कारण हालसम्म सुवेदा क्षेत्रमा ९ सय ४० जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ । यद्यपि अब्जरभेटरीको दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ ।

गत डिसेम्बरमा सत्तामा पुगेका सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शराले अरब र अमेरिकी मध्यस्थताले सुवेदामा शान्ति पुनःस्थापित गर्न सहयोग पुगेको उल्लेख गरेका छन् । शराको सरकारले सिरियामा आफ्नो नियन्त्रण कायम राख्न प्रयास गरिरहेका बेला सुवेदामा हिंसा मच्चिएको हो ।

ड्रुज समुदाय र सिरियाका फिरन्ते अरब समुदायबीच विवाद भएपछि शुरु भएको हिंसाले उग्र रुप लिएको हो । ड्रुज समुदाय सिरिया, इजरायल अधिनस्थ गोलान हाइट्स, जोर्डन र लेबनानमा बसोबास गर्दै आएका छन् ।

यस हिंसामा छिमेकी इजरायल पनि सहभागी भएको छ । इजरायलले ड्रुज समुदायको पक्ष लिँदै केही दिनअघि सिरियामा हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : १६ बजे

मानवअधिकारको आवधिक समीक्षा प्रतिवेदन पेस गर्न समितिको निर्देशन

काठमाडौं– कानुन, न्याय तथा मानवअधिकार समितिले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको दावेदारी

काठमाडौं- यतिखेर अष्ट्रेलियामा रहेका नेपालीहरू चुनावी माहोलमा छन् । गैरआवासीय

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित

विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बिरामी परेका छन् । शनिबार

रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा