रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी « Khabarhub

रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको सुदूरपूर्वी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । जर्मन भूविज्ञान शोध केन्द्रका अनुसार आइतबार रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा भूकम्पका केही शक्तिशाली धक्का महसुस गरिएको हो ।

शुरुपमा १० किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाउँदै ६ म्याग्निच्युडको भूकम्प गएको जर्मन शोध केन्द्रले उल्लेख गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार त्यसलगत्तै प्रशान्त महासागरको तटनजिकै ७.४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो । यसको केन्द्रविन्दु पनि जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पसँगै अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले रुसका केही भूभाग र हवाई राज्यमा सुनामीको चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : १३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट