भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु « Khabarhub

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ ।

आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ ।

विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ ।

नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा भव्य मेला लाग्ने गर्दछ ।

बिहान मन्दिरमा पूजा गर्नेहरुको घुइँचो लाग्छ भने साँझमा मेला भर्न टोलटोलबाट बाजागाजाका साथ हजारौँ भक्तालु मन्दिर जाने भएकाले यसको रौनक मध्यरातिसम्म रहने गर्दछ ।

नवरात्रिको अन्तिम दिन नवमी र दशमीको दिनमा भने भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट मेला भर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ११ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै