‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’ « Khabarhub

‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन् ।  

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अव पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन् ।

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरूलाई सुझाव दिइन्  । श्रेष्ठले शिक्षकहरूको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।  

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै यसमा राजनीतिक दलहरू समेत गम्भीर हुनुपर्ने बताइन् । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण