विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी « Khabarhub

विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य पदार्थको विक्री बढे पनि पूर्वका दूध उत्पादन गर्ने कृषकलाई करिब साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।  

विराटनगर दुग्ध वितरण आयोजनाले गत पौष मध्यसम्मको दूधको बक्यौता तिरिसकेको र अहिले प्रत्येक महिना एक किस्ता मात्र दूध कृषकहरूलाई दूधको बक्यौता तिर्ने गरेको बताएको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले प्रत्येक १५ दिनमा दूधको भुक्तानी गर्ने गरिएको भए पनि गत पौष १५ गते देखि ०८२ को असार मसान्त सम्म करिब ६ महिनाको करिब साढे १९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको  विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले जानकारी दिए । 

उनले विराटनगर दुग्ध वितरण आयोजनामा पूर्वका कृषकहरूबाट दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन गर्ने गरेकोमा सबै दूधबाट दुग्धजन्य पदार्थ उत्पादन गरेर विक्री गर्ने गरेको बताए । कृषकहरूलाई बक्यौता तिर्न ढिला भएको हुनाले पनि दुग्ध संकलनमा असर परेको उनको भनाइ छ । 

विराटनगर दुग्ध वितरण आयोजनामा अहिले करिब १ सय ८१ मेट्रिक टन मक्खन र १ सय १६ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । यसमध्ये करिब १०० मेट्रिक टन मक्खन मासिक ५ लाख रुपैयाँमा निजी क्षेत्रको गोदाम भाडामा लिएर मौज्दात राखिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । 

निजी डेरीका दूधको सामग्रीहरू भन्दा महँगो भएकै कारण पर्याप्त मात्रामा दूधको सामग्रीहरूको विक्री बढ्न नसकेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ३८ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको