विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी « Khabarhub

विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य पदार्थको विक्री बढे पनि पूर्वका दूध उत्पादन गर्ने कृषकलाई करिब साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।  

विराटनगर दुग्ध वितरण आयोजनाले गत पौष मध्यसम्मको दूधको बक्यौता तिरिसकेको र अहिले प्रत्येक महिना एक किस्ता मात्र दूध कृषकहरूलाई दूधको बक्यौता तिर्ने गरेको बताएको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले प्रत्येक १५ दिनमा दूधको भुक्तानी गर्ने गरिएको भए पनि गत पौष १५ गते देखि ०८२ को असार मसान्त सम्म करिब ६ महिनाको करिब साढे १९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको  विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले जानकारी दिए । 

उनले विराटनगर दुग्ध वितरण आयोजनामा पूर्वका कृषकहरूबाट दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन गर्ने गरेकोमा सबै दूधबाट दुग्धजन्य पदार्थ उत्पादन गरेर विक्री गर्ने गरेको बताए । कृषकहरूलाई बक्यौता तिर्न ढिला भएको हुनाले पनि दुग्ध संकलनमा असर परेको उनको भनाइ छ । 

विराटनगर दुग्ध वितरण आयोजनामा अहिले करिब १ सय ८१ मेट्रिक टन मक्खन र १ सय १६ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । यसमध्ये करिब १०० मेट्रिक टन मक्खन मासिक ५ लाख रुपैयाँमा निजी क्षेत्रको गोदाम भाडामा लिएर मौज्दात राखिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । 

निजी डेरीका दूधको सामग्रीहरू भन्दा महँगो भएकै कारण पर्याप्त मात्रामा दूधको सामग्रीहरूको विक्री बढ्न नसकेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ३८ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो