बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया « Khabarhub

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो । 

करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए । 

यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन । एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताए ।

आज पनि ४० वर्षीय एक पुरुषको हर्नियाको शल्यक्रिया गरिन लागिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले जानकारी दिए ।  

डडेल्धुरा अस्पतालले पनि बैतडीमा उपलब्ध नभएका सर्जरी सामग्रीलगायत आवश्यकताअनुसार चिकित्सकलाई हप्ताको एक दिन खटाउने गरेको सूचना अधिककारी पन्तले जानकारी दिए । यसले गर्दा पनि जिल्लामा विशेषज्ञ सेवा प्रदान गर्न सहज भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ४३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका