राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल « Khabarhub

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

उनीहरूले वन्यजन्तुको सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

समितिका सभापति मायाप्रसाद शर्माले निकुञ्ज र मध्यवर्ती क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल गरेर सहकार्यमार्फत अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘निकुञ्जभित्र खनिज पदार्थ भएमा के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

समितिका सदस्य मदनकुमारी शाहले निकुञ्जभित्र सवारीसाधनको ठक्करबाट वन्यजन्तुलाई जोगाउन ‘अन्डरपास’ र ‘ओभरपास’ का पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिइन ।

उनले वर्तमान कानुनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

छलफलमा भाग लिँदै सुमित्रा विसी, रुक्मिणी कोइराला, श्रीकृष्ण अधिकारी, नरबहादुर विष्टलगायत सांसदहरूले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न प्रावधानका विषयमा सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिए । 
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : २२ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई