इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अरु १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताए ।

“तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुङ्गाले उद्धार गरेको थियो,” उनले भने ।

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ। अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपतकालिन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समय अनुसार दिउँसो एक बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो ।

जहाजमा करिब २८० जना सवार रहेको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ३१ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो