विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू | Khabarhub Khabarhub

विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बिरामी परेका छन् । शनिबार अबेर स्वास्थ्य जाँच गर्दा उनलाई आन्द्रा पोल्ने समस्या देखा परेको चिकित्सकले जनाएका छन् ।

हदसा आइन केरेम अस्पतालको आन्तरिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक अलोन हेरेस्कोका अनुसार विषाक्त खाना खाएपछि उनी बिरामी परेका हुन् । पछि उनमा जलवियोजनको समस्या पनि देखा परेको इजरायल नेशनल न्यूजले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारी दिएको छ । चिकित्सकको सल्लाहअनुसार उनले स्लाइन पानी लिइरहेको जनाइएको छ ।

हाल उनी घरमै आराम गरिरहेका छन् । उनले तीन दिनसम्म घरबाटै सरकारी मामिला हेर्ने समाचारमा उल्लेख छ ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन ग्भिरले प्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित