पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह « Khabarhub

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा यस्तो घटना सार्वजनिक भएको हो ।

सिन्ध प्रान्तको टान्डो अल्लाहयार जिल्लामा खेन्छी कोहली, लतादेवी मेघवड र मीना मेघवडलाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको हो । उनीहरुलाई विभिन्न स्थानबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन सँस्करणले जनाएको छ ।

पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । घटनाका आरोपीविरुद्ध पाकिस्तानी अपराध संहिता ३६५ बी र ३४ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको ट्रिब्युनले जनाएको छ ।

घटनाको विरोधमा सिन्धका हिन्दू समुदायले प्रदर्शन गरेका छन् । पछि प्रहरीले अपराधीलाई कारवाही गर्ने र अपहरणमा परेका बालिकालाई उद्धार गर्ने आश्वासन दिएपछि प्रदर्शन शान्त भएको जनाइएको छ ।

सिन्ध प्रान्तको मानव अधिकार आयोगका अध्यक्ष इकवाल अहमद डेथोले घटनाबारे निष्पक्ष अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : १७ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार