ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै | Khabarhub Khabarhub

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो समय ताइवानले आफ्नो क्षेत्रमा १७ वटा लडाकु विमान, ८ नौसैनिक युद्धपोत र एउटा पानीजहाज पहिचान गरेको छ ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार १७ मध्ये ७ लडाकु विमानले चीन र ताइवानलाई छुट्याउने मध्यरेखा पार गरी हवाई प्रतिरक्षा पहिचान क्षेत्र प्रवेश गरेको जनाएको छ । ती लडाकु विमान ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी हवाई प्रतिरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए ।

चिनियाँ कदमको प्रतिक्रियामा ताइवानको रक्षा बलले पनि लडाकु विमान र युद्धपोत तैनाथ गरेको मन्त्रालयले जनाएको छ । ताइवानलाई चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ ।

स्वतन्त्र रुपमा लोकतान्त्रिक शासन सञ्चालन गर्दै आएको ताइवानलाई साम्यवादी शासन व्यवस्था रहेको चीनले आफ्नै मातहत ल्याउने चेतावनी दिँदै आएको छ । यसका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहीआएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ३५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित