रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया | Khabarhub Khabarhub

रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक पौराणिक कथा ‘रामायण’ फेरि एकपटक चर्चामा आएको छ। एकातर्फ अभिनेता रणबीर कपूर, यश, साई पल्लवीजस्ता कलाकारको अभिनय रहने बहुप्रतिक्षित फिल्म ‘रामायणम्’ छ, भने अर्कोतर्फ साउथ अभिनेता तथा निर्माता विष्णु मांचूले अर्कै ‘रामायण’ प्रोजेक्टको घोषणा गरेका छन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाको एक अन्तर्वार्तामा विष्णु मांचूले रामायणको कथामा आधारित फिल्म बनाउने पुरानो योजना खुलाएका छन्।

उनका अनुसार, उनले ‘रामायण’ फिल्मको स्क्रिप्ट सन् २००९ मै तयार गरेका थिए र त्यसमा भगवान रामको भूमिकाका लागि साउथ सुपरस्टार सूर्या, सीता माताका लागि बलिउड अभिनेत्री आलिया भट्ट, र रावणको भूमिकामा आफ्ना पिता मोहन बाबूलाई लिन चाहन्थे। उक्त फिल्मलाई राघवेंद्र रावले निर्देशन गर्ने तय भएको थियो।

विष्णुका अनुसार फिल्मको कथा रावणको जन्मदेखि मृत्युसम्म केन्द्रित रहनेछ। बजेट ठूलो भएकाले उक्त परियोजना त्यतिबेला अगाडि बढ्न सकेन। तर अहिले फेरि उनले यस योजना पुनः अघि बढाउने संकेत दिएका छन्। विष्णुले आफूले हनुमानको भूमिका निर्वाह गर्ने चाहना पनि व्यक्त गरेका छन्।

यसअघि विष्णु मांचूले ‘कन्नप्पा’ नामक पौराणिक फिल्म निर्माण गरेका थिए, जसमा बलिउड अभिनेता अक्षय कुमारको पनि विशेष उपस्थिति थियो। ‘कन्नप्पा’ फिल्म असार १३ गते शुक्रबार प्रदर्शनमा आएको थियो। तर यो फिल्मले अपेक्षित सफलता प्राप्त गर्न सकेन।

यसैबीच, बलिउड अभिनेता रणबीर कपूर अभिनित फिल्म ‘रामायणम्’ पनि चर्चामा छ, जुन निर्देशक नितेश तिवारीको निर्देशनमा निर्माण भएको हो। फिल्मको पहिलो भाग दिपावली २०२६ र दोस्रो भाग दिपावली २०२७ मा प्रदर्शन हुने तय गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : २३ बजे

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात

जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४

सरकारले असोज १ गते राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने 

काठमाडौं– सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय