'डार्क फाइल' प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ  | Khabarhub Khabarhub

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा ६ महिना सजाय तोकिएका राजकुमार तिमिल्सिना आइतबार पक्राउ परेका छन्।

‘सिधाकुरा अनलाइन’मार्फत् प्रसारित ‘डार्क फाइल’ रिपोर्टमा प्रयोग गरिएको फेक अडियो उपलब्ध गराएको प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएर ६ महिना सजाय तोकिएका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार तिमिल्सिना श्रीमतीको मुद्दासम्बन्धी छलफलका गर्न भनेर कार्यालयमा छिरेका थिए। उनले प्रहरी कार्यालयमा छिर्दा अर्कै नाम र ठेगाना बताएका थिए । उनले नाम ढाँटेपछि प्रहरीले शंका गरेर सोधपुछ गरेको थियो । उनले नाम ढाँटेपछि प्रहरीले आवश्यक कागजपत्र मागेर हेरेको थियो । उनले नाम ढाँटेको कुरा उनको प्यान कार्ड हेरेपछि खुलेको थियो ।  

‘सुरूमा उनी अर्कै नाम गरेर कार्यालय छिरेका थिए। शङ्कास्पद व्यवहार गरेपछि सोधपुछ गर्दा वास्तविकता खुल्यो’, डीएसपी भण्डारीले भने, ‘उनले आफ्नो वास्तविक नाम र ठेगाना लुकाएर अर्कै परिचय दिएको पाइयो । सोधपुछका क्रममा वास्तविक नाम खुलेपछि उनी ‘डार्क फाइल’ प्रकरणका फरार प्रतिवादी रहेको पुष्टि भएकाले हिरासतमा लिएका छौँ ।’

पत्रकार, सञ्चार उद्यमी, कानुन व्यवसायी र न्यायाधीशको छवि बिगार्ने गरी बनाइएको फेक अडियो प्रकरणमा तिमिल्सिना सर्वोच्च अदालतका दोषी ठहर भएका थिए । गत असोज १३ गते ६ महिनाको कैद तोकिएयता उनी फरार थिए ।

‘सिधाकुरा डटकम’को ‘डार्क फाइल’ अडियो फेक भएको ठहरसहित सर्वोच्चको ९ सदस्यीय इजलासले त्यसमा संलग्नलाई दोषी ठहर गरेको थियो । फैसलामा सर्वोच्चले त्यसलाई अदालतको अवहेलना भएको ठहर पनि गरेको थियो । उक्त प्रकरणमा तिमल्सिनासहित पत्रकारलाई पनि कैद सजाय भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित