बङ्गलादेशद्वारा गहुँ आयातका लागि अमेरिकासँग सम्झौता | Khabarhub Khabarhub

बङ्गलादेशद्वारा गहुँ आयातका लागि अमेरिकासँग सम्झौता


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ढाका– आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।

जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबीच तेस्रो चरणको वार्ताअघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको छ ।

यसैबीच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।

गहुँ आयात गर्ने सहमति पत्रमा बङ्गलादेश सरकारको तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र संयुक्त राज्य अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजुमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै खाद्य सल्लाहकार अली इमाम मजूमदारले एमओयूले बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच आपसी व्यापार सहयोगको थप क्षेत्रहरू सिर्जना गर्न र अवसरहरू सिर्जना गरी दुवै देशका जनता लाभान्वित हुने बताएका छन् ।

देशको समग्र खाद्य सुरक्षा, पोषण गुणस्तर र खाद्य आपूर्ति सुनिश्चित गर्न बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच सम्झौता गरिएको बङ्गलादेशको अन्तरिम सरकारले विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि जुलाई ९ को समय सीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशलाई ३५ प्रतिशत कर लगाउने पत्र जारी गर्दै यो शुल्क अगस्ट १ देखि लागू हुने बताएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५१ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई