चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय « Khabarhub

चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।

चरन क्षेत्रको अभाव तथा बढ्दो रोग प्रकोपले भटाभट चौँरीमर्न थालेपछि व्यवसाय नै संकटमा पर्न थालेको कालिञ्चोक गाउँपालिकाका स्थानीय चौँरी पालक किसान लालबिर थामीले बताए ।

यहाँका किसानलाई अहिले मुख्यरूपमा चौँरी लाग्ने बढ्दै गएको रोगको प्रकोप तथा चरन क्षेत्रको अभाव हुने गरेको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ का स्थानीय चौँरी पालक किसान लालबिर थामीले गत वर्ष देखि व्यवसायीक चौँरी पालन सुरु गरेका छन् ।

लाखौँ लगानी गरेर चौँरी पालन व्यवसाय सुरु गरेका थामी भन्छन्, ‘व्यवसाय सुरु गरेको वर्ष दिन नपुग्दै लाख मूल्यका ४ वटा चौँरी मरे ।’

भिन्न रोग लागेर तथा चरन क्षेत्र अभावमा भटाभट चौँरी मर्न थालेपछि व्यवसाय नै डुब्ने हो कि भन्ने चिन्तामा रहेको उनले सुनाए । थामीसहित कालिञ्चोकमा वडा नम्बर–१ र ५ का ८ जना किसानले चौँरी पालन गर्दै आएका छन् ।

केहिसमय अघि मात्रै हप्तादिनको अन्तरमा ४ वटा चौँरी मरेको भन्दै थामीले दुखेसो पोखे ।

थामीको गोठमा अहिले ३२ वटा चौँरी छन् । उनै थामी समुदायका ७ जना अन्य किसानले पनि भटाभट चौँरी प्राप्त चरन क्षेत्रको अभाव र रोगको कारण चौँरी मर्ने गरेको बताए ।

कालिञ्चोक गाउँपालिका–१ का दुई गोठ र वडा नम्बर–५ का ६ वटा गोठमा तिन सय चौँरी रहेका छन् । एक वर्षको अवधिमा १६ वटा चौँरी मरेको कृषक लालबिर थामीले सुनाए । थामी यस अघि लापिलाङमा पशु पालनमै थिए ।

उनले गाउँपालिकाले व्यवसायीक चौँरी पालन गर्न अनुदान दिने भनेपछि सुरुमा उनले १६ वटा चौँरी खरिद गरेर व्यवसायमा जोडिएको उल्लेख गरे ।

उक्त व्यवसाय सुरु गर्न थामीले गाउँकै सहकारीबाट १६ लाख ऋण गरेर व्यवसाय सुरु गरेको र पछि थप चौँरी पालन विस्तारको लागि ५ लाख पालिकाले अनुदान दिएर अहिले २१ लाख लगानीमा ३२ वटा चौँरी पालिरहेको सुनाए ।

थामी भन्छन् करिब ४ लाख मूल्य बराबरका चौँरी मरिसकेको भए पनि अहिले भएका चौँरीलाई जोगाउन सके मरेका चौँरीको लगानी समेत उठाउन सकिने उनले बताए ।

चरन क्षेत्रको समस्या

चौँरीका लागि खुल्ला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि सङ्कटमा परेको उनको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाउने हुँदा  व्यवसायलाई प्रत्यक्ष असर परेको थामीले दुखेसो गर्छन् । चौँरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै उनको भनाइ छ ।

चौँरीलाई धेरै चरन क्षेत्र चाहिन्छ।किसान थामीले भने, ‘अहिले हाम्रो क्षेत्रमा चरनको अभाव हुँदै गएको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।’

लेकका खुल्ला तथा समथर भू–भागमा हुर्किरहेका वोटविरुवा र बुट्याले सिङ्गो चरण क्षेत्रलाई प्रभाव पार्दै चौँरी चराउन विभिन्न ठाउँमा पुर्‍याउनु पर्ने समस्या रहेको उनले बताए । 

चरन क्षेत्र खोज्दै अन्यत्र लगिए पनि चौँरीलाई प्राप्त चरन नपुग्ने हुँदा धेरै चौँरी रोगको सिकार हुन पुगेको समेत किसानहरू बताउँछन् । 

दैनिक ६०/७० लिटर दूध उत्पादन गर्ने थामी अहिले चरन क्षेत्र अभावले उत्पादन घटेको बताउँछन् । सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५८ बजे

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै