अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा « Khabarhub

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि सञ्चालनमा आएको छ । सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौँ–टिमुरे बस गुड्न थालेको छ ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौँबाट यात्रुवाहक बस टिमुरे पुगेको हो । बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए।

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन् । ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौँतर्फ फर्किएका हुन् ।

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनौं विद्युतीय कार धमाधम काठमाडौँ लैजान थालिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : १२ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त