अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु | Khabarhub Khabarhub

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।

सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत देशका ३४ मध्ये १९ प्रान्तमा पाँच वर्षमुनिका करिब ७३ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप प्रदान गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले जानकारी दिँदै भने, “संक्रामक रोगको नियन्त्रणमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ। यस अभियानमार्फत हामी देशभर पोलियो फैलिन नदिन सबै आवश्यक उपाय अपनाउँदै छौं ।”

उनले समुदायका अगुवा, धार्मिक विद्वान तथा अभिभावकहरूलाई खोप कार्यान्वयनमा पूर्ण सहकार्य गर्न आग्रह गरे। उनले थप भने, “बालबालिकाको उज्वल भविष्य सुनिश्चित गर्न हामी सबैको सहकार्य आवश्यक छ ।”

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई पोलियो खोप अभियानमा सक्रिय सहभागिता जनाई, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : १७ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा