कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन सकेन– पौडेल | Khabarhub Khabarhub

कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन सकेन– पौडेल


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए ।

नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको दाबीसमेत गरे ।

कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनु पर्नेमा जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिए ।

वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : १४ बजे

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं- विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १०

नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौं उपत्यकाको

म्हः पूजा गरिँदै

काठमाडौं- कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म)

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं- नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी