आवासको हक र अधिकारसम्बन्धी ऐन कार्यान्वयनमा सरकारी पक्षबाट कमजोरी : एम्नेस्टी इन्टरनेसनल « Khabarhub

आवासको हक र अधिकारसम्बन्धी ऐन कार्यान्वयनमा सरकारी पक्षबाट कमजोरी : एम्नेस्टी इन्टरनेसनल


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एम्नेस्टी इन्टरनेसनलले संविधान सुनिश्चित गरिएको आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन कार्यान्वयनमा सरकारी पक्षबाट कमजोरी भएको जनाएको छ । 

मंगलबार काठमाडौंमा नेपालमा जबरजस्ती निष्कासन प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले आवासको अधिकार संरक्षणमा नेपाल सरकारको विफलताका कारण जबरजस्ती निष्कासनका घटनाहरू बढ्दै गएको समेत जनाएको छ । 

आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लागू भएयता कानुनी सुरक्षा र सुरक्षणात्मक उपायहरूसहितको प्रक्रिया पालना गर्नमा निरन्तर कमजोरी देखिएको एम्नेस्टीले जनाएको छ । जसले गर्दा विभिन्न समुदायहरू दुर्व्यवहार, उपेक्षा र प्रणालीगत अन्यायको सामना गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिले जुनसुकै बेला जबरजस्ती निष्कासनमा पारिन सक्ने त्रासमा जीवन बिताइरहेका देशका सीमान्तकृत समुदायहरूले भोगिरहेका वास्तविकता र नेपालको संविधानमा वाचा गरिएका कानुनी संरक्षणबीचको खाडल झनै फराकिलो बन्दै गएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले बताए ।

समाजका सबैभन्दा धेरै जोखिममा रहेका मध्येका भूमिहीनहरूको अधिकार संरक्षण गर्नका लागि सरकार आफ्नो कानुनी दायित्व पूरा गर्न विफल भइरहेको उनले बताए । 

थपलियाले भूमि सम्बन्धी समस्या आयोगले केही प्रयत्न गरिरहे पनि आयोग आफै चरम राजनीतिक दुष्चक्रमा फसिरहेकाले समस्या अझ पेचिलो बनिरहेको उल्लेख गरे ।

प्रतिवेदन सन् २०२० देखि २०२४ काबीच काठमाडौं, सिरहा, सुनसरी, झापा र कैलालीलगायत नेपालमा भएका जबरजस्ती निष्कासनका प्रतिनिधिमूलक घटनाहरूमा केन्द्रित रहेको एम्नेस्टीले जनाएको छ ।

पर्याप्त आवासको अधिकारलाई कार्यान्वयन गर्न र नियामक संरचना स्थापनाका लागि तत्काल र समन्वयकारी कार्य नगरिएमा नेपालमा जबरजस्ती निष्कासन र मानवअधिकार उल्लंघनको दुष्चक्र जारी रहने थपलियाले बताए । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : २४ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री