निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक « Khabarhub

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
 
नेपाली ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका हुन् ।

प्रहरी टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त कार मंगलबार बिहान प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए । 

प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको ।

डिएसपी कार्कीका अनुसार उनी उखुबारी हुँदै भागेको आशंकापछि चारैतिरबाट घेरा हालेर सर्च गर्दा समेत भेटिएनन् ।

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको उनले बताए ।  बरामद गरिएको कारको माध्यमले गाँजाको वास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ ।  न्युजकारखाना

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ५७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको