निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक | Khabarhub Khabarhub

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
 
नेपाली ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका हुन् ।

प्रहरी टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त कार मंगलबार बिहान प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए । 

प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको ।

डिएसपी कार्कीका अनुसार उनी उखुबारी हुँदै भागेको आशंकापछि चारैतिरबाट घेरा हालेर सर्च गर्दा समेत भेटिएनन् ।

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको उनले बताए ।  बरामद गरिएको कारको माध्यमले गाँजाको वास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ ।  न्युजकारखाना

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ५७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित