एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात « Khabarhub

एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको ७८ किलोग्राम नमूना आयात-निर्यात गरेको छ ।

नेपालले पहिचान नम्बर (हार्मोनाइज्ड कोड – एचएस कोड) ९७०५२१०० अन्तर्गत मानव शरीरको नमूना आयात-निर्यात गरेको हो ।

शारीरिक अध्ययन, अनुसन्धान र प्रदर्शनसहित विभिन्न उद्देश्यका लागि मानव नमूना विदेश पठाउने र आयात गर्ने गरिन्छ ।

१२ महिनामा एक लाख २० हजार रुपैयाँ बराबरको ७६ केजी मानव नमूना आयात गरेको नेपालले सोही अवधिमा दुई केजी मानव नमूना निर्यात गरेको छ । निर्यात गर्दा कुनै राजस्व नउठाएको नेपालले आयात गर्दा भने २९ हजार रुपैयाँ आयात महसुल उठाएको छ ।

‘ह्युमन स्पेसिमेन्स एण्ड पार्ट्स दिएरअफ’ शीर्षकमा आयात-निर्यात गरिएको मानव शरीरका नमूनालाई जैविक सामग्रीमा गणना गर्ने गरिन्छ ।

मानव नमूना र भाग अन्तर्गत शारीरिक नमूनाहरू पर्छन्‌ । संरक्षित मानव खोपडी, दाँत, मेरुदण्डका स्तम्भहरू, हड्डीका टुक्राहरू, हात, मस्तिष्क र कपालका नमूनाहरू विभिन्न वैध उद्देश्य निम्ति आयात-निर्यात गर्ने गरिन्छ ।

सङ्कलन गरिएका तन्तु, अङ्ग, हड्डी र अन्य जैविक भागहरू जीवित व्यक्तिहरूबाट बायोप्सी वा शल्यक्रिया गरी निकालिन्छ । मृत व्यक्तिहरूबाट शव परीक्षण क्रममा यस्ता अङ्गका नमूना सङ्कलन गर्ने गरिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ४९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा