शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ « Khabarhub

शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ ।  

आर्थिक वर्ष २०८१/८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएको समेत जनाएको छ । 

त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरू सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सूचकका साथै विशिष्ट संरचना तथा सम्मेलन केन्द्र गठन विकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए । 

यसैगरि अन्तराष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियम अन्तर्गत प्याराफेट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण भएको प्रवक्ता मैनालीले जानकारी दिए  । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : १६ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री