ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ  « Khabarhub

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ । 

ती नेताका अनुसार एमाले पार्टी कार्यालय च्यासल (ललितपुर)मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको ‘वान अन वान’ वार्ताका क्रममा यसबारे प्रष्ट सन्देश दिइसकेकी छन् । 

‘च्यासल बैठकमा अध्यक्षले सम्मानित पदमा रहिसकेको, राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउँदा गाली–गलौच गर्छन् । दुर्वचन बोल्छन्, सहनुपर्छ, त्यसैले तपाई नआउनुस् भन्नुभयो,’ ती नेताले खबरहबसँग भने, ‘जवाफमा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरिसकेँ, म सक्रिय राजनीतिमा फर्किन्छु भनिसक्नुभएको छ ।’

ती नेताले भेटका क्रममा जनताको बहुदलीय जनवाद ‘जबज’को लोकतान्त्रीकरण र अध्यक्षको दुई कार्यकालमा आफैँ ‘ब्याक’ भएको प्रति प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएकी थिइन् ।  

‘एमालेमा ७० वर्षबारे छलफल हुन्छ, विद्या भण्डारीबारे कुरा हुँदैन’ भनेर पनि पूर्वराष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएको ती नेताको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३१ बजे

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने