शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से   « Khabarhub

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८१ अंकले बढेको छ । नेप्से अन्तिममा ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेको छ । 

नेप्से २.७९ प्रतिशतले नेप्से बढ्दा कारोबारमा पनि उछाल आएको छ । मंगलबार २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २३६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ७७ हजार १०१ पटक शेयर किनबेच भएको छ । मंगलबार उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशतले सबैभन्दा बढी र म्युचुअल फण्ड ०.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : ४० बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा