भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने « Khabarhub

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छन् । मंगलबारको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए। 

मन्त्री दाहालका अनुसार सो अवधिमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोला पुलको निर्माण सम्पन्न गरिनेछ । चालु आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला उसुमखोला, गल्लीगाडखोलालगायतका आठवटा भेरी करिडोरअन्तर्गतका पुल निर्माण गरिने योजना रहेको मन्त्री दाहालले बताए।

उनका अनुसार, २०६८ सालमा पुष्पलाल लोकमार्ग (मध्यपहाडी), रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी सडक पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षमा पुल बनाउनेगरी सम्झौता भएको थियो ।

मन्त्री दाहालले भने, ‘तर, एक पिल्लर र केही टावर निर्माणबाहेक अन्य काम ठप्प छ, साथै, छिन्चु–डोल्पा जाने भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पासागाडसहित १३ वटा पुल निर्माण गर्नुपर्ने छ ।’

मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण पनि वाईपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडिएको र मिति २०७१ मङ्सिर १३ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको मन्त्रीले जानकारी दिए ।

‘त्यसपछि दुईपटक बोलपत्रमार्फत ठेक्का व्यवस्थापनको प्रयास गरिएकामा पहिलो पटक लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल भएकाले असफल भएको र दोस्रोपटक कुनै पनि बोलपत्रदाता नआएकाले ठेक्का लगाउन सकिएन,’ उनले भने, ‘हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अगाडि बढाइएको र आर्थिक वर्ष २०८२-८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : २१ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,