बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन « Khabarhub

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । 
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए । उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए। 

‘बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्’, उनले भने, ‘अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदैछ ।’

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए।

‘हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ’, उनले भने, ‘बाघभन्दा पनि हामीले चितुवा भएको आशंका गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ 

उनले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताए। 
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : २४ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री