एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव « Khabarhub

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएका छन् । 

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरूले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने की नआउने भन्ने विषय पार्टीको मात्रै विषय नभइ महत्वपूर्ण राजनीतिक विषय भएकाले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव र संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत रहेको उनले बताए ।

गौतमले केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिए । त्यस्तै बैठकमा मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरूलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको गौतमले बताए ।

त्यस्तै उनले बैठकमा सरकारको प्रभावकारिता, मूल्य बृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए । नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार नै सम्पन्न हुने गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने