विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने « Khabarhub

विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ । 

मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ-नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार प्राधिकरणको समन्वयमा संघले निशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाँउमा बिपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलब्ध गराउन सकिने उनले बताए ।

गृहमन्त्री लेखकले अहिले बिपद्को प्रतिकार्य खोज, उद्धार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे । बिपद्को पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडि बढिसकेको उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म