‘नेपाली क्रिकेटको अबको यात्रा विश्वकप’ | Khabarhub Khabarhub

‘नेपाली क्रिकेटको अबको यात्रा विश्वकप’



काठमाडौं – निस्कृय अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पुनर्जीवन पाएको छ । स्वतन्त्र कमिटीको समन्वयमा सम्पन्न क्यान निर्वाचनले ४ वर्षका लागि चतुरबहादुर चन्दलाई जिम्मेवारी दिएको छ ।

अध्यक्षका अर्का प्रत्यासि विनयराज पाण्डेलाई २९ मत अन्तरले पराजित गर्दै क्यानको अध्यक्षमा निर्वाचित भएका चन्दले आउने दिनहरु निकै चुनौति पूर्ण रहेको बताएका छन् ।

चुनौति नहोस् पनि किन ? ३ बर्षभन्दा लामोसमय प्रतिवन्धमा रहेको संस्थालाई पुन : स्थापित गर्नु पर्नेछ । त्यसैमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा रहेको क्यानलाई फुकुवाका लागि प्रकृया अगाडि बढाउनु पर्नेछ ।

निलम्बन फुकुवाले मात्रै पनि अहिलेको अवस्थामा केही हुनेवाला छैन । आईसीसीले भनेको जस्तो आर्थिक पारदर्शिता, सुशासन लगायतका कुराहरुमा क्यानले सही तरीकाले अगाडि बढ्नु पर्ने अवस्था छ ।

‘क्यानमा निर्वाचित भइरहँदा चुनौति छ । नेपाली क्रिकेट प्रेमीहरुको अपेक्षा यो टिममाथि छ । अब नेपाली क्रिकेटले नयाँ तरिकाले निकास पाउँछ, नवनिर्वाचित अध्यक्ष चन्दले भने,‘अब क्यान विवादरहित तरिकाले अगाडि बढ्छ । त्यसमा नेतृत्व खरो उत्रिनेछ । यो जितमा हामी उत्साहित हुनेभन्दा पनि जिम्मेवारीलाई लिएर सजग छौं ।’

अघिल्लो कार्यकालमा निर्वाचित भएपनि काम गर्न नपाएका चन्दले नेपाली क्रिकेटको निकासका लागि पछिल्लो ३ बर्षमा झण्डै ४५ भन्दा बढी बैठक बसेको दाबी गर्दै आएका छन् ।

५९ जना मतदाता रहेको क्यानमा अध्यक्ष निर्वाचत भएका चन्दले ४५ मत ल्याउँदा विपक्षी पाण्डेले १५ मतमात्रै प्राप्त गरे । त्यतिमात्रै होइन्, उपाध्यक्षा राजुबाबु श्रेष्ठ, सचिवमा असोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह पनि चन्द प्यानलबाटै निर्वाचित भएका छन् भने सदस्यमा उनी निकट व्यक्तिहरु आएका छन् ।

पूरै कार्यसमिति आफुले चाहेका मानिहरु आएका कारण क्यानको आन्तरिक काममा चन्दलाई सहज हुनेछ । तर, यतिबेला आईसीसीको प्रतिबन्ध फुकुवा गर्नु र आईसीसीलाई क्यानप्रति पूर्ण विश्वस्त पार्न सक्नु नै चन्दको कार्यसमितिको मुख्य चुनौति हुनेछ ।

त्यसोत, चन्दले साथीहरुको मायाले नै यहाँसम्म आइपुगेको र उनीहरुलाई निराश नपार्ने प्रतिवद्धता पनि जनाइसकेका छन् ।

यसअघि सरकार र आईसीसीले क्यानमा शुसासनको कुरालाई महत्वपूर्ण ‘इस्यु’ बनाएको थियो । तर, आगामी दिनमा त्यस्तो गुनासो आउने वातावरण नहुनेसमेत चन्दले बताएका छन् ।

‘आर्थिक पारदर्शिता र शुसाशनका लागि म पहिलो दिनदेखि प्रयास गर्छु,’ चन्दले अगाडि भने,‘नेपाली क्रिकेटमा अबको पहिलो सपना भनेको विश्व कप क्रिकेट खेल्नु हो । त्यसका लागि एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) कायम राख्दै अर्को चारबर्ष अधिकतम सदुपयोग गर्ने लक्ष्य छ ।’

विश्व क्रिकेटमा नेपाल एक इमर्जिङ टोली भइसक्यो भन्ने विश्व क्रिकेट जगतलाई चिनाउने लक्ष्यसमेत चन्दले सुनाएका छन् । यस्तै, नेपाली क्रिकेटलाई घरेलु संरचनामा बलियो बनाउँदै अगाडि आउने उनको भावी योजना रहेको बताएका छन् ।

‘अहिले देश संघीयतामा गएको छ । यसअघि हामी क्यानमा आउँदा संघीयता थिएन । तर, अबका दिनमा प्रादेशीक संरचना बलियो बनाउँदै प्रदेश क्रिकेट संघलाई सक्रिय बनाउने योजना छ,’ चन्दले भने,‘एकदिवसिय क्रिकेटमा हामी कमजोर भइसकेका छौं । अब त्यसलाई बलियो बनाउनका लागि तल्लो तहबाटै उमेरसमूहका प्रतियोगिता आयोजना गर्दै हामी घरेलु संरचना बलियो बनाउँदै अगाडि बढ्छौं ।’

पछिल्लो ४ वर्षमा नेपालमा एकदिवसिय क्रिकेटमा प्रधानमन्त्री कप क्रिकेट हुने गरेको छ भने टि–२० मा नीजि क्षेत्रबाट संचालन भएका फ्रेन्चाईज लिगले धानिरहेको छ । तर, अध्यक्ष चन्दले छिट्टै क्यानले आफ्नै आयोजनामा लामो फर्म्याटका प्रतियोगिता आयोजना बताएका छन् ।

उनले ‘टुडे’ क्रिकेटलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । ‘टुडे’ क्रिकेट शुरु भएको १२ बर्ष नै भइसक्यो । तर, पछिल्लो समय यो रोकिएको छ । अब यसलाई पुन सुचारु गछौं,’ चन्दले संरचना आवश्यक रहेको बताउँदै अगाडि भने,‘ ‘टुडे’ क्रिकेट आयोजना गर्न संरचना आवश्यक पर्छ । त्यसलाई काठमाडौंमा मात्रै केन्द्रीत गरेर पनि हुँदैन । घरेलु प्रतियोगिताहरुलाई अन्य ठाउँमा गछौं ।’

क्यानले नयाँ कार्यसमिति पाएपनि तत्कालै नेपाली क्रिकेटको चावी आफ्नो हातमा आइनसकेको अध्यक्ष चन्दले बताएका छन् । अक्टोबर १३ मा आईसीसीको बैठकबाट हुने निर्णय पछि मात्रै संघको जिम्मा आफ्नो पक्षमा आउने चन्दले बताएका छन् ।

‘अनौपचारीक रुपमा हामीले अबको पहिलो निर्णयका रुपमा आईसीसीलाई निलम्बन फुकुवाका लागि निवेदन लेखेर पठाउनु छ,’ चन्दले भने ।

आईसीसीलाई उसले दिने आर्थिक सहयोगको विषयमा पनि नयाँ कार्यसमितिले आईसीसीलाई ‘कन्भिन्स’ गर्दै आगामि दिनमा विवाद हुने खालका काम गर्दैनौं भनेर स्पष्ट पार्ने उनले बताए ।

निर्वाचनबाट आएको कार्यसमितिलाई आईसीसीले शंकाको नजरले हेर्छ कि भन्ने प्रश्नमा अध्यक्ष चन्दले भने,‘आईसीसीले कुनै व्यक्तिलाई हेरेर काम गर्ने होइन संस्थासँग काम गर्ने हो । यसमा हामी सही तरिकाले अगाडि बढे आईसीसीले सहयोग गर्छ ।’

अहिले नेपाली क्रिकेटलाई चलायमान बनाएका टि–फ्रेन्चाईज लिगहरु विधान अनुसार चलेको खण्डमा क्यानले कुनै पनि लिगलाई अवरोध नगर्ने उनले बताए । तर, चन्दले यही वर्ष क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना गर्ने बताएका छन् । ‘एनपीएल हुन्छ । यो अरु भन्दा ठूलो लिग हुन्छ । यसले नेपाली खेलाडी र क्रिकेटमा नयाँ फड्को मार्ने छ ।’

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ४ : ५० बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना