सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण  | Khabarhub Khabarhub

सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीमा  खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल-ट्यांकरमार्फत खानेपानी वितरण सुरु गरेको छ ।
     
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि हाल रुपनी गाउँपालिका वडा नं १ र २ मा खानेपानी वितरण सुरु भइसकेको छ । यसका अतिरिक्त राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा खानेपानी अभाव देखिएका बस्तीमा पनि पानी आपूर्ति विस्तार गर्दै लगिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए ।
     
स्थानीय तहहरूको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वय र नेपाली सेनाको सहयोगमा ट्याङ्करबाट पानी वितरण अभियान सञ्चालन गरिएको हो । यस क्रममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । 
     
खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा सम्पर्क व्यक्ति तोकिएको जनाइएको छ ।  

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ५३ बजे

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)

काठमाडौं– सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र ।

अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना

काठमाडौं– पर्यटन विभागले नेपालका हिमाल आरोहणको तथ्याङ्क समावेश भएको ‘माउन्टरिङ

वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि ?

गण्डकी– काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी

धरान– सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको

पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध

चौतारा– भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द