नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने | Khabarhub Khabarhub

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका लागि फ्रान्ससँग सहकार्य गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि मन्त्रालयले फ्रान्ससँगको सहकार्य उत्तम हुने निष्कर्ष निकालेको हो ।

प्रविधि हस्तान्तरण एवम् दीर्घकालीन औद्योगिक सहकार्यलाई मध्यनजर गर्दै मन्त्रालयले फ्रान्ससँगको साझेदारीलाई अघि बढाउने तयारी गरेको हो । विभिन्न प्राविधिक समिति सम्मिलित सघन परामर्शपछि यो निर्णय लिइएको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यसको लागत ७ अर्ब डलर हुने जनाइएको छ । भारतले हाल नयाँ पुस्ताको एडभान्स्ड मिडियम कम्ब्याट एअरक्राफ्ट (आम्का) को विकास गरिरहेको छ ।

समाचारमा जनाइएअनुसार भारतले वर्ष सन् २०२६–२७ मा आम्काका ५ वटा प्रारुप तयार पार्नेछ । यो विमानको पहिलो उडान सन् २०२८ मा हुने अपेक्षा गरिएको छ । सन् २०३२ मा प्रमाणित भएपछि सन् २०३५ मा यसको उत्पादन शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : १८ बजे

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक

दुबईः आप्रवासी कामदारका सम्बन्धमा कानुनी अधिकारको दुरुपयोग गरेको आरोप लागेको

कैलालीमा चैते धान उत्पादन वृद्धि

अत्तरिया– कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं– सरकारले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट दिएको राजीनामा

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

दमौली– जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने