सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी  « Khabarhub

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तीन मन्त्रीको सहभागितामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल चिकित्सक संघले आक्रोश व्यक्त गरेको छ। 

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा संघ र नेपाल सरकारबीच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ । 

सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने भनिए पनि अझैसम्म ठोस प्रगति नभएको विज्ञप्तिमा जनाइएको छ । 

संघले कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको ठहर गर्दै, उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भएका सहमति समेत पालना नभएको अवस्थामा भविष्यमा ती अधिकारीहरूको मौखिक वा लिखित प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने स्पष्ट पारेको छ । विज्ञप्तिमा यस्तो प्रवृत्तिले सरकारको विश्वसनीयता गुम्ने खतरा औँल्याइएको छ ।

संघले सहमति तत्काल कार्यान्वयन गर्न सबै सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै, आफूहरूलाई पुनः आन्दोलनमा धकेलिएको खण्डमा यस पटकको आन्दोलन अझ सशक्त हुने चेतावनी दिएको छ । 

संघले उपभोक्ता अदालतले चिकित्सक र स्वास्थ्य संस्थामाथि जरिवानाको फैसला गरेको विषयमा विरोध जनाउँदै सो निर्णय खारेज गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ५३ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका