पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप गर्ने स्वास्थ्यमन्त्रीको तयारी « Khabarhub

पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप गर्ने स्वास्थ्यमन्त्रीको तयारी


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् ।

विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार  पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ । 

मन्त्री पौडेलले यस सम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौँ ।’

यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले सबै उपचार सहुलियत एकीकृत ढङ्गबाट प्रदान हुँदा स्वास्थ्य बीमामार्फत प्राप्त हुने सुविधा थप वृद्धि हुने बताएका छन् ।

‘आम नागरिकको स्वास्थ्य उपचार पहुँच विस्तार तथा सेवा अभिवृद्धिमा हामी निरन्तर प्रयत्नशील छौँ । यस व्यवस्थाले नागरिकलाई स्वास्थ्य उपचार प्राप्तिमा थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ ।,’ उनले भने । 

मन्त्री पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्ने क्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले दिने उपचार सहायता स्वास्थ्य बीमामार्फत नै उपलब्ध गराउने र स्वास्थ्य बीमाको नीतिगत तथा कार्यगत सुधार गर्ने घोषणा गरेका थिए ।

यसअनुसार व्यक्तिले आफू बसेकै स्थानमार्फत स्वास्थ्य बीमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ । यसका साथै स्वास्थ्य बीमामा आबद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ । 

हरेक स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका लागि समेत नीतिगत निर्णय गरेका मन्त्री पौडेलले घोषणा गरे अनुसारका नीतिगत सुधार निरन्तर जारी राखेका छन् । 

स्वास्थ्य बीमा कार्यक्रमको सबै बक्यौता यसै आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसले स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको कठिनाइ समेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

सरकारी सुविधा एकीकृत रूपमा स्वास्थ्य बीमामा थपिँदा यसले कार्यक्रमको आम्दानी समेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ५८ बजे

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध