विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री « Khabarhub

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे। 

‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो ।’ उनले भने, ‘जात र धर्मबाट  उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उनकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेकपा स्थापना भएको थियो । 

उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ०३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय