गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब « Khabarhub

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा अधिकारवादी समूहले गाजामा देखिएको कुपोषण र भोकमरीको समस्यामा चासो व्यक्त गरेका छन्। भोकभोकै सर्वसाधारण मरेको देख्नु परेको भन्दै उनीहरुले तत्काल केही उपाय लगाउनका लागि दबाब सिर्जना गर्न थालेका हुन्। मेडिकल सान्स फ्रन्टायर (एमएसएफ), सेभ द चिल्ड्रेन र अक्सफाम लगायतले सो चासो व्यक्त गरेका हुन्।

यो क्षेत्रमा पुग्ने सबै राहत नियन्त्रणमा राख्ने इजरायलले भने हमासको प्रोपोगान्डालाई सहयोग पुग्ने ध्येयले सो विज्ञप्ति जारी गरिएको आरोप लगाएको छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा थप १० जना कुपोषणका कारण मरेको समाचार सार्वजनिक गरेको छ। यो विवरण सार्वजनिक भएपछि ती संस्थाहरूको तर्फबाट विज्ञप्ति आएको हो। मन्त्रालयका अनुसार आइतबार यता त्यसरी मर्नेको सङ्ख्या ४३ पुगेको छ।

संयुक्त राष्ट्र सङ्घका अनुसार गाजामा अस्पतालमा खाना नपाएर अन्तिम अवस्थामा पुगेकाको उपचार भइरहेको छ। धेरै जना बाटोमा ढल्न थालेका छन्। त्यस क्षेत्रमा इजरायलले ल्याएको समस्याका कारण राहत वितरण गर्न गएको आफ्नै संस्थाका धेरै मानिसको ज्यान जाने गरेको समेत जनाइएको छ।

दुई महिना लामो युद्ध विरामको समाप्तिपछि गएको मार्च महिनादेखि इजरायलले गाजामा राहत वितरणमा रोक लगाएको हो। इजरायलले बाँकी रहेका बन्दी रिहा गर्न हमासलाई दबाब दिनका लागि यसरी राहत वितरणमा अवरोध गरिएको बताउँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले एक चौथाइ जनसङ्ख्याले कठिन अवस्थाको सामना गरिरहेको तथा एक लाख भन्दा बढी महिला तथा बालबालिका कुपोषणका कारण एकदमै जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ०३ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको