अन्तर्राष्ट्रिय सम्बन्धसहित तीनवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित तीनवटा समितिको बैठक बस्दै


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : २७ बजे

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक शिलान्यास

गण्डकी– कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको

थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै 

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप आकर्षित बनाउन

रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड

काठमाडौं – जोए रुटको १५० रनसहित थुप्रै कीर्तिमानको ओइरो लागेपछि

यी भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुर–लेगुवा  सडकमा कालोपत्र नै उप्किएपछि…

भोजपुर– भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर