ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड « Khabarhub

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासङ्घका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।

महासङ्घका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखेका छन् ।

खासगरी दुई हजार पाँच सय बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित गरेको भन्दै समस्या समाधान गर्न नेतृत्व लिइदिन महासङ्घले अनुरोध गरेको छ ।

महासङ्घका मागप्रति गम्भीर चासो व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । माओवादी केन्द्रले सकारात्मक पहल  गर्नेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ११ : ३८ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी