खेतमा बाढी पस्दा धानबालीमा क्षति « Khabarhub

खेतमा बाढी पस्दा धानबालीमा क्षति


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ ।

सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो ।

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका– ५ का किसान विश्वराज तामाङले बताए ।

सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए ।

उनले भने, ‘नालीलाई व्यवस्थित नगरिँदा माथिबाट भेला आएर पानी खेतमा पसेको हो । बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ ।’

खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दोस्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहजीकरण गर्नुपर्नेमा तामाङले जोड दिए ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । (रासस) 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : २२ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा