थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु « Khabarhub

थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणपूर्वी एशियामा थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढेर गएको छ । पछिल्लो पटक दुई मुलुकबीचको सीमामा गोली चलेपछि थाइल्याण्डले कम्बोडियामा हवाइ आक्रमण गरेको छ ।

एफ–१६ लडाकु विमानले कम्बोडियामा रहेको सैन्य निशानामा आक्रमण गरेको थाई सेनाले जनाएको छ । कम्बोडियाकोे रक्षा मन्त्रालयले भने थाई विमानले सडकमा दुई बम खसालेको जनाएको छ । दुबै मुलुकले एक अर्कामाथि झडपको स्थिति सिर्जना गरेको आरोप लगाएका छन् ।

थाइल्याण्डले कम्बोडियासँगको सीमा पनि बन्द गरेको छ । गत बुधबार थाइल्याण्डले कम्बोडियाबाट राजदूत फिर्ता बोलाएको थियो ।

थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार कम्बोडियाली फौजले भारी तोपले आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : ३४ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज विराटनगर र चितवन खेल्दै : कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर १० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको