साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो | Khabarhub Khabarhub

साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो ।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार रहेका थिए । हराएको विमान खोज्न गएको हेलिकोप्टरबाट भग्नावशेष फेला परेको हो ।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा उक्त विमान घना जंगलमा दुर्घटना भएको देखिन्छ ।

सन् १९७६ मा निर्मित उक्त विमान साइबेरियामा आधारित हवाइ सेवा प्रदायक कम्पनी अङ्गराले सञ्चालन गर्दै आएको थियो ।

उक्त विमानले सुदूरपूर्वी रुसको अमूर क्षेत्रको ब्लागोभेस्चेन्स्क शहरबाट टिन्ड्रा शहरका लागि उडान भरेको थियो । विमानको भग्नावशेष टिन्ड्रा शहरबाट १५ किलोमिटरको दूरीमा भेटिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ०१ बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप