हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव « Khabarhub

हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल आज पनि जारी रह्यो  छ । 

समितिमा आज संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राख्दै सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेको बताएका छन् ।

सांसद हितराज पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयक एकसाथ अघि बढाइनु पर्ने धारणा राख्दै भने, “यी विधेयक एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । प्रस्तावनामा नै मैले संशोधन राखेको छु । हामीले आफ्नै जनशक्ति उत्पादन र प्रशिक्षणमा जोड दिनुपर्ने हुन्छ, तर विधेयकमा त्यसप्रति खासै ध्यान दिइएको छैन । हवाई सेवाको गुणस्तर सुधार्न र जनशक्ति स्वदेशमै उत्पादन गर्न स्पष्ट व्यवस्था हुनुपर्छ ।” 

उनले प्राधिकरणलाई समयसापेक्ष र प्रभावकारी बनाइनुपर्ने भन्दै समितिको नेतृत्व सचिवले नभइ मन्त्रीले गर्नुपर्ने व्यवस्था हुनुपर्ने जसले गर्दा काम थप व्यवस्थित हुने बताए।

सांसद योगेश भट्टराईले हवाई दुर्घटनाको बढ्दो दरबारे चिन्ता व्यक्त गर्दै भने, ‘५५  विमानस्थल छन्, तर सबै सञ्चालनमा छैनन्, अब कति आवश्यक छन् भन्नेबारे रणनीतिक छलफल हुनुपर्छ । नयाँ विमानस्थल निर्माणभन्दा पहिले भएका विमानस्थलको स्तरोन्नति प्राथमिक हुनुपर्छ ।’

उनले हवाई दुर्घटनाको प्रमुख कारण मानवीय गल्ती र मौसमजन्य समस्यालाई उल्लेख गर्दै मौसम पूर्वानुमान प्रणाली सुदृढ पार्नुपर्ने बताए। 

‘भूगोल, जनसङ्ख्या, र सडक सञ्जालको सन्दर्भमा विमानस्थलको आवश्यकता मूल्यांकन हुनुपर्छ । यसैगरी दुर्घटना निम्तिन नदिन मौसम पूर्वानुमान संयन्त्र तथा उपकरण सबै विमानस्थलमा स्थापना गर्नुपर्छ । हवाई सेवा सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन विधेयकको उद्देश्य त्यसमा केन्द्रीत हुनुपर्छ ।’

सांसद सुमना श्रेष्ठले विधेयकले लगानीका विषय त्यसमाथि निजी लगानीका विषयमा पनि विधेयक स्पष्ट हुनुपर्ने धारणा राखिन् । उनले हवाई दुर्घटनाको दीर्घकालीन अनुसन्धान एकाइ गठनको व्यवस्था विधेयकले राख्नुपर्ने सुझाव दिइन् ।

त्यस्तै, सांसद रामकृष्ण यादवले विश्वसनीय यातायातको रूपमा हवाई सेवाप्रति जनविश्वास घट्दै गएको भन्दै दीर्घकालीन समाधान र पुनःसंरचनाको आवश्यकता रहेको औँल्याइन् ।

नेपालमा आधुनिक, सुविधायुक्त र अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ३२ बजे

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९